चितवन – आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ। बारा-२, चितवन-२ र तनहुँ-१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।
जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । चितवन-२ कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन्।सत्तारुढ गठनबन्धनको समर्थनमा उम्मेदवारी दिएका श्रेष्ठको प्रस्तावकमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र समर्थकमा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी छन् ।
चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मनोनयन दर्ता गरेका छन् ।




प्रतिक्रिया