काठमाण्डु – पूर्व सभामुख सुवास नेम्वाङले सरकारले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग अलपत्र पारेको बताएका छन् ।
बिहीबार संसद भवन बानेश्वरमा ६४ औं संसद सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेम्वाङले प्रतिपक्षी दलले अब महाभियोगमाथि छलफल होला भन्ने सोचेका बेला सरकारले मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गरेर महाभियोग अलपत्र बनाएको बताएका हुन् ।
साथै उनले संसदमा प्रतिपक्षी दलले उठाएको कुरा सरकारले बेवास्ता गरेको समेत आरोप लगाए । अर्थमन्त्रीले बजेट ल्याउने अघिल्लो दिन बाहिरी मान्छे अर्थमन्त्रालय लगेर करको दर परिवर्तन गरेको समाचार बाहिरिएपछि प्रतिपक्षी दल एमालेले सीसी टिभी फुटेज देखाउन माग गरेको थियो ।
तर, अर्थमन्त्रीले संसदमा त्यस्तो भएको हैन भनेर सिसी टिभी फुटेज देखाउन मानिरहेका छैनन् । सरकार आफैंले त्यो दिनको फुटेजमा यस्तो देखियो वा यस्तो देखिएन भनेर सार्वजनिक गर्नुपर्ने उनले बताए ।




प्रतिक्रिया