भोलि बिहान ८ बजे सुखद् समाचार दिन्छौं : सुवास नेम्वाङ

भोलि बिहान ८ बजे सुखद् समाचार दिन्छौं : सुवास नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता सुवास नेम्वाङले भोलि विहान ८ बजे सुखद् समाचार सुन्न पाउने बताएका छन् । कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले पार्टीभित्र देखिएको विवाद टुंगिएको भन्दै आइतबार बिहान सहमतिको विषय सार्वजनिक गर्ने बताएका हुन् ।

उनले भने, ‘कार्यदलको बैठकले विवादका विषयमा टुंगो लगाएको छ । सबैकुरा भोलि बिहान थाहा हुन्छ, भोलि बिहान सुखद् समाचार सुन्न पाउनुहुनेछ वार्तामा भएका सहमतिको विषय र बुँदाहरु भोलि विहान सार्वजनिक गर्छौं ।’ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट वार्तामा सहभागी उनले कार्यदलले निक्कै मिहेनत गरेको बताए ।