इलाम-२ मा सुवास नेम्वाङ र सत्ता गठबन्धनबीच भिडन्त हुने, कसले मार्ला बाजी ?

इलाम-२ मा सुवास नेम्वाङ र सत्ता गठबन्धनबीच भिडन्त हुने, कसले मार्ला बाजी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय निर्वाचन अन्तर्गत विभिन्न राजनीतिक दलहरूका शीर्ष नेताहरू आ–आफ्नो क्षेत्र सुरक्षित गराउने रणनीतिमा होमिएका छन् ।

मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा विजयी हुन सानादेखि ठूला राजनीतिक दलका शीर्ष नेताहरु आ–आफ्नो क्षेत्र सुरक्षित गराउने रणनीतिमा लागेका हुन् ।

यसैबीच आफ्नो क्षेत्र सुरक्षित राख्ने मध्ये प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता सुवास नेम्वाङ पनि पर्दछन् । इलामको क्षेत्र नम्बर २ उनको क्षेत्र हो ।

२०५६ मा प्रतिनिधिसभा प्रवेश गरको उनले इलामको २ बाट नेम्वाङ निरन्तर निर्वाचित हुँदै आएका छन्। हाल सम्म यस क्षेत्रबाट उनी पराजित भएका छैनन् ।

नेकपा एमालेले पनि यस क्षेत्रमा अन्य नेताहरूलाई टिकट दिदैँन । अगामिमङ्सिरमा हुने संघीय निर्वाचनका लागि उक्त क्षेत्रबाट नेम्वाङ एकल सिफारिस भएका छन् ।

यता नेपाली कांग्रेसले पहिलो नम्बरमा डम्बर खड्कालाई सिफारिस गरेको छ भने त्यसपछि क्रमशः भेषराज आचार्य, बेनु प्रसाईं, केशव थापा र नरेन्द्र कुमारलगायतको नाम सिफारिसमा परेका छन्।

नेम्वाङले २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए । नेम्वाङले ३६ हजार ५ सय १७ मत ल्याएका थिए भने थापाले २६ हजार ८ सय ६५ मत ल्याएका थिए । तर, यसवर्षको संघीय निर्वाचनमा जित निकाल्न भने नेम्वाङलाई त्यति सहज देखिएको छैन् ।

नेता नेम्वाङसँग मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनको उम्मेदवारले फाइट गर्ने पक्का पक्कि नै भएको छ । त्यसकारण इलाम २ मा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा पनि एमालेभन्दा कांग्रेस अगाडि छ । नेपाली कांग्रेसका उम्मेदवारलाई सत्ता गठबन्धनमा आवद्ध दलहरूको सहयोग रहनेछ ।

इलाम २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्दछन् । स्थानीय तह निर्वाचनमा इलाम नगरको मेयर र चुलाचुली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

यता देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्षमा नेकपा एमालेले जित निकालेको छ । जस्तो, इलाम नगरपालिकामा नेपाली कांग्रेसको मत अगाडि देखिएको छ ।

इलाम–२ मा गत स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार कांग्रेस साढे ५ हजार मतले पहिलो दल बन्न सफल भएको छ । पालिका अध्यक्षहरूको मत जोड्दा कांग्रेसको कुल ३७,९१४ मत देखिन्छ भने एमालेको ३२,१३४ मत रहेको छ ।

त्यसकारण नेम्वाङलाई पहिलाका तुलनामा यो चुनाव चुनौतीपूर्ण देखिन्छ ।