सुवास नेम्वाङ भन्थेः प्रधानमन्त्रीलाई रिस उठ्दैमा संसद विघटन हुँदैन (भिडियो)

सुवास नेम्वाङ भन्थेः प्रधानमन्त्रीलाई रिस उठ्दैमा संसद विघटन हुँदैन (भिडियो)


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद विघटनको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद्मार्फत राष्ट्रपति समक्ष गत पुस ५ गते संसद विघटनको प्रस्ताव लगेका थिए सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनसँग वैशाखमा आम निर्वाचनको घोषणा गरेकी थिइन् ।

संसद विघटन गरेको १७ दिन बितिसक्दासमेत तत्कालिन संविधानसभा अध्यक्ष जस्तो व्यक्ति मौन रहनुले सबैलाई आश्चर्यचकित बनाएको छ । नेम्वाङले मिडियामार्फत आफ्नो धारणा सार्वजनिक भएसँगै १६ महिना अगाडि बोलेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । उनले भिडियोमा ‘प्रधानमन्त्रीलाई रिस उठ्दैमा संसद विघटन हुँदैन, ठ्याक्कै चुनाव ५ वर्षमा नै हुन्छ’ भन्दै दिएको अभिव्यक्ति यतिबेला चर्चामा छ ।

काभ्रेको धुलिखेलमा युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवादमा नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका थिए । उनले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी हरेक दिन संसद जाने गरेकोसमेत स्मरण गरेका छन् ।

‘मनमोहन अधिकारी हरेक दिन संसदमा जानुहुन्थ्यो । हरेक दिन एक डेढ घण्टा संसदमा ढ्याप ढ्याप गरेर कांग्रेस सांसद बोल्थे । यो कांग्रेसको आविष्कार हो’, उनले भनेका छन् ।

नेता नेम्वाङको मौनताप्रति विभिन्न अड्कलबाजी काट्न थालिएको छ । उनले प्रधानमन्त्री अ‍ोलीको कदमलाई मौन समर्थन गरेको बताउन थालिएको छ । तर, नम्वाङले आधिकारिक रुपमा आफ्नो धारणा सार्वजनिक नगर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।