नेम्वाङको बचन: सरकारले विधेयकबाट प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउँछ

नेम्वाङको बचन: सरकारले विधेयकबाट प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउँछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसभामुख समेत रहेका सत्तासिन नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने प्रतिवद्धता जनाएका छन्।

नेपाल पत्रकार महासंघसँगका पदाधिकारीहरुसँग आफ्नै कार्यकक्ष सिहंदरबारमा भएको भेटमा उनले मिडिया काउन्लिस सम्बन्धी विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउने बचन दिउएका हुन्। र, नेम्वाङले आन्दोलन फिर्ता लिन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीलाई नेम्वाङले विधेयक संशोधन गर्न सरकार सकारात्मक रहेको पनि बताए। उनले पत्रकारको आन्दोलनकै कारण राष्ट्रिय सभामा पेश भएको मिडिया काउन्सिल विधेयकलाई अगाडि नबढाइ होल्ड गरेर राखेको बताए।

विधेयकको पदाधिकारीको नियुक्तिको मापदण्ड, समाचार लेखेकै आधारमा कारबाही र जरिवानालगायतका बुँदा सच्चाउन महासंघले लिखित रुपमा ध्यानाकर्षण गराएको थियो ।