वरिष्ठ उपाध्यक्षबाट किन पछि हटे नेम्वाङ ?

वरिष्ठ उपाध्यक्षबाट किन पछि हटे नेम्वाङ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिवतन – नेकपा एमालेका नेता सुवास नेम्वाङले बार्गेनिङ गर्ने काम आफ्नो नभएर अरुको भएको आरोप लगाएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताइरहेका नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएपछि यस्तो बताएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । तर, नेम्वाङलाई भने चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती आएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

अध्यक्ष ओलीसँग के कुरा भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेम्वाङले आफू पार्टीको सच्चा सिपाही भएको तर बार्गेनिङ गर्ने नभएको बताए । पार्टीले जुन जिम्मेवारी दिन्छ उक्त जिम्मेवारी सहर्ष स्वीकार गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको नेम्वाङको जिकिर छ ।

नेम्वाङले वरिष्ठबाट पछि हट्नुलाई अध्यक्ष ओलीले राष्ट्रपति बनाउने वाचा दिएको भन्ने सहमति भएको पनि बताइएको छ । तर नेम्वाङले भने त्यस्तो कुनै सहमति नभएको बताएका छन् ।