जनताले मिलेर जान भनेका छन सोही अनुसार गर्छौ : सुवास नेम्वाङ


काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्ने बताएका छन् । इलाम-२ बाट निर्वाचित भएपछि मतदातासँगको भेटघाटमा उनले जनमतले कुनै पनि पार्टीलाई बहुमत नदिएको र सोही जनमतअनुसार दलहरू अघि बढ्ने प्रष्ट पारे ।

उनले नयाँ पार्टीहरूको आगमनलाई पनि सामान्य रुपमा लिनु पर्ने बताए । उनले भने, ‘हाम्रो संविधानले नै मिश्रित निर्वाचन प्रणाली अपनाएको छ । यही प्रणालीअनुसार नयाँ पार्टीहरू आएका हुन् ।

उनीहरूको आगमनले थप अस्थिरता पैदा हुन्छ की भन्ने मानिसहरूमा आशंका छ । त्यस्तो हुँदैन । जनताले सबैलाई मिलेरअघि जान भनेका छन् । सोही अनुसार गर्छौ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement