नेम्वाङको अन्त्येष्टि पर्सि गरिने, देशभर शोक बिदा हुने


काठमाण्डु – संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि पर्सि बिहीबार बिहान ११ बजे गरिने भएको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले अन्त्येष्टिबारे निर्णय गरेको हो ।

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक बिदा दिने निर्णय गरेको छ । जसअनुसार पर्सि बिहीबार नै देशभर शोक बिदा हुनेछ ।

नेकपा एमालेले शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ । एमालेले पार्टीको झण्डा ३ दिन आधा झुकाउने निर्णय पनि गरेको छ ।

बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि बुधबार अपराह्नपछि मात्रै नेपाल आइपुग्नेछन् । अस्ट्रेलिया रहेका कान्छा छोरा सुहाङ बुधबारै राति काठमाडौं पुग्ने जनाइएको छ ।

भोलि बुधबार दिनभर नेम्वाङको पार्थिव शरीर एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिनेछ । उनको हृदयघातबाट गए राति निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement