लुम्बिनीको मुख्य न्यायधिवक्तामा सुवेदी नियुक्त

लुम्बिनीको मुख्य न्यायधिवक्तामा सुवेदी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कामाण्डु – लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् । मुख्य न्यायधिवक्तामा निययुक्त भएका प्युठानका सुवेदीलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् ।

निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएपछि रिक्त पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो ।

नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका छन् ।