काठमाडौं – नेपाल बिद्युत प्राधिकरणले स्याङ्जाको मिर्मीमा नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरण योजना तथा प्राबिधिक सेवा बिभाग अन्तरगतको बिस्तारित बिद्युत वितरण आयोजना र बितरण प्रणाली सुदृढीकरण आयोजनाको संयुक्त प्रयासमा उक्त सबस्टेसन निर्माण गरिएको हो ।
कालिगण्डकी जलबिद्युत केन्द्रको ड्यामसाईट नजिक रहेको कर्मचारी आवास क्षेत्रको छेउमा साबिकको ईटाली चोकमा रहेको पुरानो जिर्ण सबस्टेसन जहाँ ३३/११ के.भी. १.५ एम.भी.ए. क्षमताका दुई वटा पावर ट्रान्सफर्मरबाट लाईन बितरण गरिएको मा उक्त सबस्टेसनको स्तरोन्नती गरी ३३/११ के.भी., ६/८ एम.भी.ए. को पावर ट्रान्सफर्मर जडान गरिनुका साथै करिब १२ किलो मिटर ११ के.भी. लाईन समेत निर्माण गरिएको छ ।
२०६८ साल देखी उक्त स्थानमा एशियाली विकाश बैङ्कको सहयोगमा सबस्टेसन निर्माण कार्यको थालनी गरिएतापनी उक्त ठेक्का लिएको भारतिय निर्माण कम्पनी अरावली ईन्फ्रा पावर लिमिटेडले निर्धारित समयमा काम सम्पन्न नगरेको कारण उसले सम्पन्न गर्न बाँकी रहेको काम बंगलादेशको ईनर्जी प्याक ईन्जिनियरिङ लिमिटेडले पुरा गरेको हो ।
हाल उक्त स्थानमा सँचालन गरिएको सवस्टेसन बाट स्याङ्जा को मिर्मी लगायत सेतिवेनी, बिर्घा र गल्याङको केही भाग, गुल्मि जिल्लाको केही भाग, पर्बत जिल्लाको केही भाग लगायत रुरु क्षेत्रमा समेत बिद्युत सेवाको गुणस्तरमा सुधार र बितरण प्रणालीमा सहज भई करिब ९००० घर धुरीले गुणस्तरिय र भरपर्दो बिद्युत प्रयोग गर्न पाएको स्याङ्जा बितरण केन्द्रका प्रमुख ई। दिलिप मरासिनीले बताए ।
हाल उक्त नयाँ सबस्टेसन बाट बिर्घा र सेतीबेनी फिडर सञ्चालन गरिएको छ भने थप अर्को ११ के.भी. फिडरको लागी लाईन बितरण गर्ने सँरचना समेत तयारी अवस्थामा राखिएको आयोजनाका सहायक ईन्जिनियर दुर्गा दत्त सुबेदीले बताए ।
उक्त सबस्टेसन निर्माणको क्रममा साबिकको ठेकेदार कम्पनी ले प्राधिकरणको स्वामित्वको जग्गामा निर्माणकार्य जारी राखेको समयमा केही स्थानिय बासिन्दाबाट काममा रोकावट भई काम हुन नसकेकोमा हाल उक्त स्थानमा कालिगण्डकी गाँउपालिका, स्याङ्जा बितरण केन्द्र र कालिगण्डकी जल बिद्युत केन्द्रको समन्वयमा उक्त नो लाईट भबनको बाँकी काम समेत अबको १ महिना भित्रमा सम्पन्न हुने गरी निर्माण कार्यलाई अगाडी बढाईएको आयोजना प्रमुख बोधराज ढकालले बताए
।




प्रतिक्रिया