काठमाण्डु – सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्य स्थगित गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको विभागले गर्दै आएको अनलाइन सञ्चारमाध्यमको काम अब गृह मन्त्रालय अन्तर्गतका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले गर्ने भएका छन् ।
सरकारले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा दफा ७ख थप गरी अनलाइन दर्ता र नवीकरणका लागि स्थानीय अधिकारीलाई तोकेको छ । स्थानीय अधिकारी भनेका जिल्ला प्रशासन कार्यालयका प्रमुख सीडीओ हुन् । सोही ऐनअन्तर्गत यसअघि सीडीओले पत्रपत्रिका दर्ताको कार्य गर्दै आएका थिए । पत्रपत्रिकासरह अब अनलाइन पनि जिल्ला–जिल्लामै सीडीओसमक्ष दर्ता र नवीकरण हुने भएका छन् ।
विभागकी शाखा अधिकृत शान्ती लामाले मंगलबार सूचना प्रकाशित गरी विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण कार्य स्थगित गरेको जानकारी दिएकी छन् ।
यस्तो छ सूचना –





प्रतिक्रिया