काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेका छन् । को पाइलटको अभावमा काठमाण्डु–दुबई–काठमाण्डु उडानमा भएको ढिलाइलगायतका विषयमा मन्त्री किरातीले अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधका हुन् ।
जसअनुसार मन्त्रीस्तरीय निर्णयबाट निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कोपाइलट अभावले शनिबार राति दुबई उडानमा ढिलाइ भएको घटना, मलेसिया उडानका लागि अनिवार्य आवश्यक पर्ने फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) ११ महिनासम्म नवीकरण नगरिनुको कारण दिल्लीमा दुईवटा पन्चर भएको पाङ्ग्रा बेलैमा फेर्न नसकेर २६ घण्टासम्म जहाज ग्राउन्डेड भएको घटनालगायत व्यवस्थापकीय कमजोरीका विषयमा स्पष्टीकरण सोेधेको जनाइएको छ ।
एक साताभित्र जवाफ बुझाउन मन्त्री किरातीले अधिकारीलाई अल्टिमेटम दिएका छन् । किराँतीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार्न विशेष महत्व दिएको बताउँदै आइरहेका छन् । निकै कमजोर अवस्थामा रहेको निगमको हालको अवस्थालाई सुधारेर साँच्चिकै गौरव गर्न लायक ध्वजावाहक बनाउन विभिन्न प्रयत्न भइरहेको मन्त्री किरातीको भनाइ छ ।




प्रतिक्रिया