गाई भैंसीको भन्दा जहाजको गोठालो गर्न धेरै कठिन रहेछ : मन्त्री किराँती

गाई भैंसीको भन्दा जहाजको गोठालो गर्न धेरै कठिन रहेछ : मन्त्री किराँती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संस्कृति, पर्यर्टयन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीेले जहाजमा चरा ठोकिएको कुरामा कुनै सत्यता नरहेको बताएका छन् । मन्त्री किराँतीले जहाजमा चरा ठोकिएकोबारे अहिलेसम्म कहिकतैबाट पुष्टि नभएको जानकारी दिएका हुन् ।

सोमबार राति करिब नौ बजे फ्लाई दुबईको जहाजमा चरा ठोकिएको अनुमान गरिएको थियो। तर, मन्त्री किराँतीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत जहाजमा चरा ठोकिएको पुष्टि हुन नसकेको बताएका छन् ।

‘गाउँमा गाईभैंसी गोठालो गरेर आएको मान्छे हुँ । आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाईभैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ,’– उनले फेसबुकमा लेखेका छन् ।

साथै, उनले नकारात्म हल्ला गर्ने बानी छोड्न पनि सबै समक्ष आग्रह गरेका छन् । ‘जहाँसम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु । कृपया मेरो सबैमा बिन्ती छ, नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । ‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ’ नत्र लडिन्छ । मेरो आमाले भन्नु हुन्थ्यो,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।