लुम्बिनी विकास कोषप्रति मन्त्री किराँतीले सोधे स्पष्टिकरण

लुम्बिनी विकास कोषप्रति मन्त्री किराँतीले सोधे स्पष्टिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही – लुम्बिनी विकास कोषलाई संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १३ प्रश्नसहित स्पष्टीकरण मागेका छन् ।

क्षेत्राधिकार भित्रका तोकिएका विभिन्न कार्यहरू सम्पादन गरेका वा गर्ने सन्दर्भमा कतिपय विषयहरू कोषको हितविपरीत हुने गरी र गैरकानूनी रूपमा भएको गुनासा आएपछि उनले राय प्रतिकृयासहित बुँदागत रूपमा स्पष्ट हुने गरी १५ दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी यथार्थ विवरण मागेका हुन् ।

मन्त्री किराँतीले केही समययता कोषका बारेमा निरन्तर प्रश्न उठाउँदै आएका छन् । अहिले पनि उनले मन्त्रालयले सोधेको स्पष्टिकरण सामाजिक सन्जालमै सार्वजनिक गरेका छन् ।