काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै सनातन धर्मावलम्बी नेपालीले काठमाण्डुमा प्रदर्शन गरेको छ ।
सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गरिएको छ ।
मन्त्री किरातीको राजीनामाको माग गर्दै प्रदर्शनकारीले संसद् भवन अगाडि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले विभिन्न ब्यानर र पम्प्लेट लिएर गौशालाबाट बानेश्वरसम्म विरोध र्याली गरेका छन् ।
मन्त्री किरातीले केही दिनअघि दिएको अभिव्यक्तिका कारण उनी विवादमा छन् ।




प्रतिक्रिया