मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्दै गृहमन्त्री गुरुङ

मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्दै गृहमन्त्री गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यले मन्त्रालयमै बोलाएर समस्या सुन्ने पहल गरेका छन् ।

विशेषगरी गाउँ–गाउँबाट आएका नागरिकहरूले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष राखेका थिए ।

गुनासा राख्ने क्रममा अधिकांश सर्वसाधारणले न्याय पाउन अझै कठिन रहेको बताएका छन् । उनीहरूले शक्ति र पहुँचकै भरमा अन्याय सहनुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा सहभागी नागरिकहरूले गृहमन्त्री गुरुङलाई भेट्न पाएकोमा खुसी व्यक्त गर्दै विगतका अनुभव समेत सुनाएका थिए । एक सर्वसाधारणले भने, ‘धेरै गृहमन्त्रीहरू बने तर तपाईँजस्तो हामीजस्ता सर्वसाधारणको गुनासो सुन्ने व्यक्ति पाउन सकेनौँ । हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद !’

गृहमन्त्री गुरुङले नागरिकका गुनासालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले राज्यको सेवा सबै नागरिकसम्म पुग्ने गरी काम गर्ने र अन्यायमा परेकालाई न्याय दिलाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताए ।