सुडानको जातीय हिंसा, १ सय ५ जनाको मृत्यु

सुडानको जातीय हिंसा, १ सय ५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले बुधबार जानकारी दिएका छन् ।

इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो ।

‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने । शनिबारदेखि सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए ।