सुडानका गुप्तचर प्रमुख सलिह घोसद्वारा राजीनामा

सुडानका गुप्तचर प्रमुख सलिह घोसद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खार्तुम – सुडानको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सलिह घोसले आफ्नो पदबाट राजीनामा दिएका छन् । सङ्क्रमणकालीन सैनिक परिषदका अध्यक्ष अब्देल फताह अल–बुरहानले सलिहको राजीनामा स्वीकृत गरेको सेनाले जनाएको छ ।

विगत चार महिनादेखि भइरहेका प्रदर्शनमा सहभागीहरुमाथि दमन गरेको आरोप सलिहमाथि लाग्दै आएको थियो । सलिहकै नेतृत्वमा हजारौं प्रदर्शनकारी, विपक्षी अधिकारकर्मीहरु तथा पत्रकारहरुलाई गिरफ्तार गरिएको आरोप लाग्दै आएको छ । एफपी