काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीलाई अथक प्रयास गरेर पनि बचाउन नसकेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै उनले नेपालीलाई बचाउन हरसम्भव प्रयास गरेको बताएका हुन्।
उनले भने ‘धेरै साथीभाइहरू देखेँ। घाँटी सुक्ने गरी चिच्याइरहनुभएको थियो,तपाईंहरू कति जना हुनुहुन्थ्यो हस्पिटलमा ? घाँटी सुक्ने गरी चिच्याएर कराएर हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन।’
गुरुङले आफू ‘स्टन्टबाजी’ गर्न नभई जनताको सेवा गर्न आएको बताएका छन् ।
‘घाँटी चिच्याएर मात्र हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो’, उनले भने, ‘हामीले हातले गर्नुपर्छ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि । म आफ्नो देशको सेवा गर्न आएको हो ।’




प्रतिक्रिया