काठमाण्डु – हामी नेपालका संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले एमाले नेता महेश बस्नेत किन पक्राउ नगरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न गरेका छन् ।
निकोलस भुषाललाई मात्र पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमार्फत गुरुङले गृहमन्त्री अर्याललाई प्रश्न गरेका हुन्।
महेश बस्नेतलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सुदनले फेसबुकमा लेखेका छन्, ‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुन ओली सरकारकै पारामा ढल्किनु भएको हो रु’, गुरुङले फेसबुकमा लेखेका छन्, ‘बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।’





प्रतिक्रिया