काठमाण्डु– जेनजी अभियन्ता तथा हामी नेपालका संस्थापक सुधन गुरुङले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
बिहीबार गुरुङले नख्खु कारागार पुगेर सभापति लामिछानेलेलाई भेटेर एकता संवादका बारे छलफल गरेका हुन् ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रविले आफ्नो पार्टीले जेनजीहरुले उठाएको मुद्धामा पूरा साथ दिने बचन दिएको बताए । लामिछानेले आफूमाथि अघिल्लो सरकारले प्रतिशोध राखेर अन्याय गरेको बताएको सुनाए।
रविको भनाई उद्धृत गर्दै उनले भने, ‘मलाई अन्याय भएको छ, मलाई यिनीहरूले दिएको धेरै दुख दिएका छन्। अहिले आएको सरकारले पनि कुनै सहायता गरेको छैन। सहयोग गर्नुहुन्छ होला भन्ने अपेक्षा छ। मलाई छानबिन गर्ने भएपनि अर्को आयोग बनाएर गरियोस्। यसमा मलाई कुनै समस्या हुँदैन।’
उनले थपे ‘भ्रष्टाचारविरुद्धको तपाईंहरूको जुन मुद्धा छ, सबैले उठाए। आफैले भ्रष्टाचार गर्ने, अनि आफैँ मुद्धा उठाउने भयो। आफैँ धामी, आझैँ झाँक्री हुने भए। कित त धामी हुनुपर्यो, कि त झाँक्री हुनु पर्यो भन्ने कुरामा छलफल भयो।’
‘म लगायत, मेरो सम्पूर्ण पार्टी साथमा छौँ। तपाईंहरुले उठाएको मुद्धामा, हरेक कुरामा अब रास्वपा पनि खुलेर लाग्छौँ भनेर हामीलाई विश्वास दिलाउनु भएको छ।’ उनले भने ।
गुरुङले बिहीबार बिँहान फेसबुकमार्फत ‘बालेन र कुलमानलाई मिलाएको’ भन्दै एकता संवादको लागि लामिछानेसँग भेट गर्ने जानकारी दिएका थिए ।




प्रतिक्रिया