देश बचाउनका लागि संविधान खारेज नगरेको हो : सुदन गुरुङ

देश बचाउनका लागि संविधान खारेज नगरेको हो : सुदन गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हामी नेपालका संयोजक तथा जेनजी अभियन्ता सुदन गुरुङले आईतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संविधान खारेजको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।

गुरुङले धेरै जनताबाट संविधान खारेजको माग आएको स्वीकार गरे पनि आफू एक्लैले यस्तो ठूलो निर्णय गर्न नसक्ने बताएका छन् ।

उनले भने, ‘धेरै जनताको माग छ । म एक्लै केही पनि गर्न सक्दिनँ । संविधान खारेज गर्ने कि नगर्ने ? गर्‍यो भने के हुन्छ, हुँदैन ?’

तर लिम्पियाधुरा हाम्रो भूभाग भएको कुरा सबै नेपालीलाई थाहा भएको उल्लेख गर्दै उनले संविधान खारेजको माग तत्काल अघि नबढाएको बताए । ‘जे जस्तो भए पनि लिम्पियाधुरा हाम्रो हो भन्ने हामी सबैलाई थाहा छ । त्यसैले संविधान खारेजको माग अगाडि राख्न सकेन,’ गुरुङले भने ।

उनले काठमाण्डु केन्द्रित सोच मात्रै लिएर निर्णय गर्न नमिल्ने उल्लेख गर्दै देशका सबै क्षेत्र सुदूरपश्चिम, पूर्व र पश्चिमलाई ध्यानमा राखेर निर्णय लिनुपर्ने आवश्यकता औंल्याए । ‘संविधान खारेज गर्‍यो भने हाम्रो लिम्पियाधुरा सबै जान्छ भनेर नगरेको हो,’ उनले स्पष्ट पार्दै भने । गुरुङले देशलाई बचाउनकै लागि संविधान खारेज नगरेको बताए ।