निगम अध्यक्षलाई पर्यटनमन्त्रीले सोधे दोस्रो स्पष्टीकरण, चित्त बुझ्दो जवाफ दिन आग्रह

निगम अध्यक्षलाई पर्यटनमन्त्रीले सोधे दोस्रो स्पष्टीकरण, चित्त बुझ्दो जवाफ दिन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई दोस्रोपटक स्पष्टीकरण सोधेका छन् ।

को पाइलटको अभावमा काठमाण्डु–दुबई–काठमाण्डु उडानमा भएको ढिलाइलगायतका विषयमा स्पष्ट जवाफ दिन मन्त्री किरातीले अध्यक्ष युवराज अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधका हुन् ।

जसअनुसार पञ्चर भएको टायर फेर्न नसक्दा दिल्लीबाट निगमको जहाज २६ घन्टा ढिलो फर्किनुको कारण, कोपाइलटको अभावमा काठमाण्डुबाट चैत १९ गते दुबई उड्नुपर्ने जहाज १२ घन्टा ढिलाई भएको घटना र ११ महिनासम्म पनि मलेसियाको नागरिक उड्डयन कार्यालयमा निगमको प्रमाणपत्र (फरेन एयर अपरेटर सर्टीफिकेट) नवीकरण हुन नसकेको विषयमा मन्त्री किरातीले तीन दिनभित्र जवाफ बुझाउन अध्यक्ष अधिकारीलाई पत्राचार गरेका छन् ।

यसभन्दा अघि पनि मन्त्री किरातीले चैत १५ गते पहिलोपटक लिखित स्पष्टीकरण सोधेको थियो । अध्यक्ष अधिकारीले चैत १९ गते जवाफ पठाएका थिए । मन्त्री किरातीले फेसबुकमार्फत अध्यक्ष अधिकारीले चित्त बुझ्दो जवाफ नदिएकाले फेरि स्पष्टिकरण सोधेको जानकारी दिए ।

आज नेपाल वायुसेवा निगमलाई सोधिएका प्रश्नहरुः ( मन्त्री किरातीले फेसबुकमा लेखेका छन्)
१ं. चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो ? स्पष्ट नभएकोले पुनः स्पष्ट बनाउने ।

२. नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाई भएको सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो ? साथै यसबाट आर्थिक भार के कति पर्न गयो ?

३. काठमाण्डु दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाई भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदा हुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो ? यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो ?

४. एयरपोर्टमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले सो लाई नियन्त्रण गर्ने कार्य योजना के कस्तो छ ? पेश गर्ने।

५. म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद बहाली पश्चात टुइनेटर जहाज कति पटक ग्राउण्डेड भयो ? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो ? अब आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनु पर्छ कि पर्दैन ? पेस गर्ने।