गैरकानूनीरूपमा मन्त्री किरातीले दिए सिम्रिक एयरलाई इटापु डाँडामा हेलिपोर्ट बनाउने अनुमति


काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्‌ययन मन्त्रालयले सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन अनुमति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गैरकानूनीरूपमा २८ जेठ २०८० मा सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन र सञ्चालन गर्न अनुमति दिएका हुन् ।

सिम्रिक एयर प्रालिले काभ्रेको बनेपा नगरपालिका-१४, राउत गाउँको माथिल्लो भाग इटापु डाँडामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार हेलिपोर्ट निर्माण र सञ्चालनको अनुमति मागेको थियो । सिम्रिक एयरको उक्त प्रस्तावमा रक्षा मन्त्रालयले आपत्ति जनाएको थियो ।

रक्षाले ६ वैशाख २०८० मा नेपाली सेनामार्फत् उक्त हेलिपोर्ट सञ्चालन अनुमति सुरक्षा संवेदनशीलताविपरीत हुने उल्लेख गरेको थियो । तर, मन्त्री किराँतीले गैरकानूनीरूपमा सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन र सञ्चालन गर्न अनुमति दिएका छन् । जेठ २६ गते मन्त्रीस्तरीय निर्णयबाट मन्त्री किरातीले निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेको इटापु डाँडामा हेलिपोर्ट बनाउन अनुमति दिएका हुन् ।

मन्त्री किरातीले गैरकानूनीरूपमा सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन अनुमति दिएको देखिन्छ । नेपालको कुनै पनि कानूनमा निजी क्षेत्रलाई विमानस्थल बनाउन दिने व्यवस्था छैन । हेलिपोर्ट बनाउन अनुमति दिने निर्णय हवाई नीति २०६३ विपरीतसमेत छ । मन्त्री किरातीको उक्त निर्णयले हवाई उडान सुरक्षामा गम्भीर प्रश्न खडा भएको छ । निजी क्षेत्रले विमानस्थल निर्माण गरेपछि हवाई उडान सुरक्षाका सबै मापदण्ड पालना गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement