जनयुद्ध स्वीकार नगर्ने सूर्य थापालाई तत्काल बर्खास्त गरेर प्रधानमन्त्रीले माफि माग्नुपर्छः सुदन किराती

जनयुद्ध स्वीकार नगर्ने सूर्य थापालाई तत्काल बर्खास्त गरेर प्रधानमन्त्रीले माफि माग्नुपर्छः सुदन किराती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद् सुदन किरातीले सूर्य थापालाई प्रेस सल्लाहकारबाट बर्खास्त गर्न माग गरेका छन् । उनले प्रधानमन्त्रीले ओलीले थापालाइ सल्लाहकार बनाएर महागल्ती गरेको दाबी गरेका छन् ।

जनयुद्ध दिवस अर्थात् फागुन १ गतेको एक टेलिभिजनसँगको अन्तर्वार्तामा जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति थापाले दिएका थिए ।

शनिबार बिहान राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमबाट किरातीले थापालाई त्यसको जवाफ फर्काउँदै कारबाही गर्ने माग गरेका छन् ।

उनले भने, ‘यो त अति भयो । त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राष्ट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो ? जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने ?’

किरातीले जनयुद्ध स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन पनि थापालाई चुनौती दिए । ‘सूर्य थापा मालिक र जनता दास हो ? जनयुद्धलाई इन्कार गर्ने हो भने सूर्य थापाले पार्टी फुटाएर देखाए हुन्छ’, उनले भने, ‘‘यो त अति भयो, त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राषट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो ? जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने ?’

‘सूर्य थापासँग मात्र होइन, अब यो बिषय पार्टी र प्रधानमन्त्रीसँग पनि जोडिन्छ । राँची लानुपर्ने मान्छेलाई सल्लाहकार बनाएर गल्ती भएकोप्रति प्रधानमन्त्रीले माफि माग्नुपर्छ र तत्काल त्यो जिम्मेवारीबाट सूर्य थापालाई बर्खास्त गर्नुपर्छ । त्यसो नगरे देश, सरकार र पार्टीले गम्भीर क्षेति बेहोर्नु तयार हुनुपर्छ ।’

कार्यक्रममा किरातीले धैर्यताको सीमा टुट्न लागेको बताउँदै सहने शक्ति समाप्त भइसकेको समेत बताए । पार्टीको निर्णयअनुसार नेकपाले विभिन्न कार्यक्रमहरु आयोजना गरि फागुन १ लाई २५ औं जनयुद्ध तथा जनआन्दोलनका सहिद स्मृति दिवसका रुपमा मनाइरहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने जनयुद्धको भारी बोक्न र महिमा गाउनका लागि पार्टी एकता गरेको होइन भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले भनेका छन्, ‘जनयुद्ध खासमा जनयुद्ध थिएन । जनयुद्ध नभएकाले नै त्यो विसर्जन भएको हो । छाडिएको हो । हामीले पार्टी एकता जनयुद्धका सबै भारी बोकेर, जनयुद्धको कार्य्दिशा स्वीकार गरेर, जनयुद्धको महिमा र जनयुद्ध दिवस मनाउनका लागि गरेको होइन ।’