सुडानमा संयुक्त राष्ट्र महासचिवबाट सहसेनानी विज्ञान विष्टलाई प्रशंसा पत्र प्रदान

सुडानमा संयुक्त राष्ट्र महासचिवबाट सहसेनानी विज्ञान विष्टलाई प्रशंसा पत्र प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिवले सुडानमा शान्तिम मिसनमा खटिएका नेपाली सेनाका एक जना अधिकृतलाई प्रशंसा पत्र प्रदान गरेका छन् ।

नेपाली सेनाको दक्षिण सुडानमा तैनाथ कालीध्वज गण (शान्ती सेना) दशौं डफ्फाका सहसेनानी विज्ञान विष्टलाई कदर स्वरुप संयुक्त राष्ट्र महासचिवले प्रशंसा पत्र प्रदान गरेका हुन् ।

नेपाली सेनाको शान्ति मिसन टोलीले ०७७ मंसिर १० गते सुडानस्थित अस्थायी अपरेटिंग बेस (टिओबी)नजिक दुई जातिका हतियारधारी समुहहरुबीच उत्पन्न जातिय हिंसात्मक झडपमा तत्काल तनाबग्रस्त ईलाकामा परिचालन भई बफर जोनको रुपमा कार्य गरी ठुलो जनधनको क्षति हुनबाट जोगाएको थियो ।

जातिय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलताका कारण संभावित ठुलो जातिय हिंसालाई रोक्न सफल भएकोमा उक्त कार्यको कदर स्वरुप उनलाई संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुट्टरेसबाट प्रशंसा पत्र प्राप्त भएको नेपाली सेनाले जनाएको छ ।

जातिय द्वन्दका कारण नरसंहारबाट गुज्रेको सुडानमा यस प्रकारका घटनाको पुनराबृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानलाई संयुक्त राष्ट्र संघबाट उच्च प्रशंसा भएको सेनाले जनाएको छ ।