सुडानमा सैनिक शासन लागू,राष्ट्रपति ओमार अल-बशीर सेनाद्वारा गिरफ्तार


एजेन्सी – सुडानमा झण्डै ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल-बशीरलाई सशस्त्र सेनाले सत्ताच्युत गरेर गिरफ्तार गरेको छ । यसका साथै सेनाले दुई वर्षका लागि सैन्य शासनको घोषणा पनि गरेको छ । त्यसपछि मात्र निर्वाचन गरिने जनाएको छ ।

सरकारी टेलिभिजनमा बोल्दै रक्षामन्त्री अवध मोहम्मद अहमद इन्ब आफैले भनेका छन् । देशको सेनाले अब दुई बर्षे संक्रमणकालको जिम्मा लिनेछ र त्यसपछि निर्वाचन हुनेछ। उनले देशमा तीन महिनाको लागि संकटकाल लागु गरिएको पनि बताएका छन्। गत केही महिनायता सन् १९८९ देखि सुडानमा शासन गर्दै आएका राष्ट्रपति अल-बशीरका विरुद्ध विभिन्न विरोध प्रदर्शनहरू हुँदै आएका थिए।

रक्षामन्त्री औफले यस अवधिमा देशव्यापीरूपमा युद्धविराम तथा संविधान निलम्बित रहने बताएका छन् । यसका साथै उनले सुडानको एअर स्पेस १४ घण्टा बन्द रहने तथा बोर्डर पनि सिल गरिने बताए । सुडानमा कोही आउन र बाहिर जान रोक लगाइएको छ । बशीरको घरमा सुरक्षा घेरा बढाइएको छ ।

ओमार अल-बशीरका विरुद्ध अन्तर्रा्ष्ट्रिय फौजदारी अदालतले एक अन्तर्रा्ष्ट्रिय पक्राउ पूर्जी जारी गरेको छ। उक्त अदालतले उनलाई सुडानको पश्चिमी डारफर क्षेत्रमा युद्ध अपराध गराएको र मानवता विरोधी अपराध गरेको आरोप लगाएको छ। महंगीबाट गुज्रिरहेको सूडानमा त्यहाँका जनता राष्ट्रपति बशीरका खिलाफ हप्तौंबाट राजधानीमा प्रदर्शन गरिरहेका छन् भने देशका अन्य भागमा करीब चार महीनादेखि प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement