अन्तरास्ट्रिय

सुडानमा सेना र विपक्षीबीच भयो यस्तो सहमती

एजेन्सी – सुडानको सैनिक सत्ता र विपक्षीहरुबीच तीन वर्ष्भित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्नेगरी सहमति भएको छ ।

Dish Home

विपक्षीहरुले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्रसहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका छन् ।

सुडानमा विगत २० वर्षदेखि जनरल ओमार अल–बासिरको नेतृत्वमा सैनिक शासन कायम थियो। तर सेनाले बसिरलाई पदच्यूत गरी आफैंले राष्ट्रिय सैनिक परिषद गठन गरी सरकार सञ्चालन गरिरहेका छन्।

दुबै पक्षबीच अघिल्लो साता सुडानको भावी शासन प्रणालीका बारेमा छलफल भएको थियो तर एक जना सैनिकको हत्या भएपछि भडकिएको हिंसाका कारण अरु पाँच जना प्रदर्शनकारीको पनि मृत्यु भएको छ। साथै वार्तामा पनि गतिरोध आएको थियो।

करिब १२ घण्टाको वार्तापछि दुबै पक्षले सङ्क्रमणकालीन तीन वर्षे अवधिभित्रै सेनाले नागरिकलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको घोषणा गरेका छन्।

सैनिक परिषदका एक सदस्य जनरल यासेर अल–आताले तीन वर्षको सङ्क्रमणकालीन अवधि रहने गरी दुबै पक्षबीच सहमति भएको जानकारी दिए।

जनरल आताले शक्ति बाँडफाँडको विषय सहित आगामी सरकार गठन गर्ने बारे एक दुईदिनभित्रै विपक्षी गठबन्धन एलायन्स फर फ्रिडम एन्ड चेन्जसँग सम्झौता हुने बताए ।

प्रदर्शनमा सहभागी मोहमद अब्दुल्लाहले दुबै पक्षबीच मध्यस्थता भएकामा खुशी व्यक्त गरे। तर उनले सैनिक परिषदसँगको सम्झौतालाई कसरी विश्वास गर्ने भन्दै अझै पनि नागरिक तहबाट खबरदारीको आवश्यकता रहेकामा जोड दिएका छन्।

सैनिक परिषदले आगामी छ महिनाभित्र सुडानका युद्धग्रस्त क्षेत्रहरु जस्तै डार्फर, ब्लु नाइल र साउथ कर्डोफानमा सक्रिय विद्रोहीसँग शान्ति सम्झौता गर्ने तयारी पनि गरेको छ। रासस/एएफपी

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top