दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली सुरु

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघ (यूएन) मिसन दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली–बदली सुरु भएको छ ।

मंगलबार यूएन मिसन साउथ सुडानमा तैनाथ गोरखबहादुर गण (शान्ति सेना) सातौँ डफ्फालाई बदली गर्नका लागि श्री चन्दननाथ गण (शान्ति सेना) आठौँ डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा २१६ जना नेपाली शान्ति सैनिक यूएन चार्टर्ड फ्लाइन्टबाट राति ९ः२० मा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

कोभिड–१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप अदली–बदलीको क्रममा सम्पूर्ण सुरक्षा सतर्कता अपनाइएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।