पल शाह प्रकरण : निर्देशक सुदर्शन थापा प्राइम टिभीबाट पक्राउ


काठमाण्डु- चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ । प्राइमटाइम टेलिभिजनमा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

नाबालिगमाथि करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement