नख्खु बम विस्फोट: हेमन्तप्रकाशसहित ६ जना पुर्पक्षका लागि जेल चलान

नख्खु बम विस्फोट: हेमन्तप्रकाशसहित ६ जना पुर्पक्षका लागि जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्।

१० फागुनमा ललितपुरको नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको मृत्यु हुने गरी भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीसहितलाई जिल्ला अदालत, ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

उनीसहित शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार भनिने ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायत थुनामा गएका छन्।

सुदर्शनलाई काभ्रेबाट राजधानीबाट छिर्दै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दा चलेको थियो ।

गत १० फागुनमा सो समूहले नख्खुमा एनसेलको कार्यालयलाई लक्षित गरी गराएको बिष्फोटमा सिंहप्रताप गुरुङको मृत्यु भएको थियो । हिंसात्मक घटना बढाउँदै लगेपछि विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाइसकेको छ ।