शुद्धोधन गाउँपालिकाका अध्यक्षसहित ३ जनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता

शुद्धोधन गाउँपालिकाका अध्यक्षसहित ३ जनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशरण चौधरीसहित ३ जनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ।

‘भैरहवा–१५’ बस्ने एक युवतीमाथि भएको बलात्कार आरोपमा जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले उनीहरूमाथि मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी, कमलेशरण चौधरी र सन्तकुमार यादवलाई सामूहिक बलात्कार मुद्दा दर्ता गरेको छ । मुद्दामा संलग्न रहेको आरोपमा सन्त कुमार यादव भने हाल पूर्वपक्ष (थुनछेक) का लागि रूपन्देही कारागारमा छन् ।

चौधरीले भने आफू निर्दोष रहेको दाबी गर्दै कानुनी प्रक्रियामार्फत सत्य बाहिर ल्याउने बताएका छन्।

पीडित पक्षका अनुसार, भैरहवा–१५ युवतीले २०८१ असोज ६ गते सामूहिक बलात्कार घटनामा चौधरीहरू र यादवको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

०७९ सालको स्थानीय तह निर्वाचनमा चौधरीले लोसपाबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।