सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् ।

आज बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ । बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत दिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सत्ता साझेदार नेकपा एमालेले विश्वासको मत दिने निर्णय गरेपछि मुख्यमन्त्री सोडारी प्रक्रियामा जान लागेका हुन्। एमाले सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले मुख्यमन्त्रीलाई विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए।

यसअघि एमालेले निर्णय नगर्दा वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगित भएको थियो ।वैशाख ६ गते मुख्यमन्त्री बनेका सोडारीले संविधानअनुसार एक महिनाभित्र अर्थात जेठ ५ गतेभित्र विश्वासको मत लिनुपर्छ।