काठमाण्डु – सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा अहिले मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गरिरहेका छन् । सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको पद धरापमा परेको छ ।
बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु भने उपस्थित भएका छैनन्। सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति निर्णायक छ। तर उसले रेशम चौधरीको रिहाइलगायतका माग पूरा नभएसम्म सरकारलाई विश्वसाको मत नदिने बताएको छ।
आज विश्वासको मत पाउन असफल भए मुख्यमन्त्री रावल स्वतः पदमुक्त हुनेछन् ।




प्रतिक्रिया