धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रावल एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्ति र राप्रपाका गरी २९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री रावलले एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १ सांसद गरी २९ जनाको समर्थन पाएका छन् ।




प्रतिक्रिया