धनगढी – सुदूरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज विश्वासको मत लिने भएका छन्।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुष २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन्।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।
नागरिक उन्मुक्ति पार्टीले आफना माग सम्वोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको बताइएको छ।
तर, उन्मुक्तिले भने मत दिने नदिने औपचारिक रूपमा घोषणा गरिसकेको छैन। जसका कारण मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सुनिश्चित भएको छैन।
नेकपा (एमाले )का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।




प्रतिक्रिया