धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको सपथ लिदैँछन ।
एक महिना अघि नेकपा एमालेवाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले हिजो बसेको प्रदेशसभा बैठकमा बिश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह बिहीवार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका थिए ।
निबर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजिनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाहलाई बिहीबार मुख्यमन्त्री पदमा प्रदेश प्रमुख देवराज जोशीले नियुक्त गरेका थिए ।
संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दावि पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन ।
प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनियताको सपथ कार्यक्रमका लागि तयारी पुरा गरेको जनाएको छ ।
सरकार गठन भएको एक महिनामा नै पहिलो पटक निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएका हुन । रेशमलाल चौधरी आबद्ध नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले आफनो माग पुरा नभएकाले रावललाई विश्वासको मत नदिएको जनाएको छ तर सत्ता साझेदार उन्मुक्ति लगायतको राजनीतिक दलको समर्थनमा रावल २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।




प्रतिक्रिया