काठमाडाैं – महामारी कोरोना संक्रमणको क्रममा सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा कामको सिल्सिलामा काठमाडाैं उपत्यकामा डेरा गरी बस्ने विद्यार्थी र मजदुर बर्गलाई नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले राहत बितरण गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले कामको सिल्सिलामा काठमाडाैं उपत्यकामा डेरा गरी बस्ने १५० जना भन्दा बढी विद्यार्थी र मजदुर बर्गहलाई राहत बितरण गरेको हाे ।
देशको बिकट क्षेत्र सुदूरपश्चिम प्रदेशबाट बिभिन्न कामको सिल्सिलामा काठमाडाैं उपत्यकामा डेरा गरी बस्ने वास्तवमै खाध्यानको समस्यामा परेका १५० जना भन्दा बढी विद्यार्थी र मजदुर बर्गलाई आज नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले राहत बितरण गरेको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य कमल थापाले बताए ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले वास्तविक पीडितहरुको पहिचान गरेर सम्बन्धित ब्यक्तिहरुकोमा गएर हिजोदेखी राहत बितरण गर्दै आएको छ । प्रदेश कमिटी अध्यक्ष शिव ठकुल्ला,सचिब हेमन्त जोशी, सचिवालय सदस्य कमल थापा, युवा विद्यार्थी किरण थापा र सुनिल थापाको टोलिले आज गठ्ठाघर, लोकन्थली, जडिबुटी, मनहरा नयाँँबानेश्वर अनामनगर, मैतिदेवी कालोपुल क्षेत्रमा सुपका नागरिकलाई राहत बितरण गरेको हो । राहतको ब्यवस्थापनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवालयको निजी सहयोग, ब्यवसाही यकेंद्र कुँवर, मोहनदेब बिस्टले गरेका छन् ।
सरकारले कोही भोकै छैन भनेता पनी सुदूरपश्चिमका नागरिकहरुलाई उपत्यकमा स्थानिय तहले राहत नदिएको गुनासो आएको र उनिहरु मर्कामा रहेका छन ।राहत संकलनमा सहयोगका लागी नेकपा सुदूरपश्चिम सम्पर्क कमिटिले सबैमा अनुरोध गरेको छ ।






प्रतिक्रिया