‘सुदूरपश्चिम’आन्तरिक उपनिबेशको अर्को नाम भएकोले प्रदेशको नाम सुदुरपश्चिम राखिएको हो :लेखराज भट्ट

‘सुदूरपश्चिम’आन्तरिक उपनिबेशको अर्को नाम भएकोले प्रदेशको नाम सुदुरपश्चिम राखिएको हो :लेखराज भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोविन्द रोस्यारा
अत्तरिया – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको नाम सुदुरपश्चिम राख्नुको कारण प्रष्ट पारेका छन् । उनले सदियौ देखी केन्द्रिय सत्ताबाट सुदुरपश्चिम उपनिबेश जस्तै रहेकोले यस प्रदेशको नाम सुदुरपश्चिम रहेको बताए । अहिले पनि केन्द्रिय सत्ताबाट आन्तरिक उपनबेश मै छौ यो उत्पिडन को बोध हामी सँग छ, उनले भने जब सम्म समानताको अधिकार हामीले पाउंदैनौ तब सम्म प्रदेशको नाम सुदुरपश्चिम नै रहन्छ।

अत्तरियामा ग्लोबल आइएमई बैंकको शाखा उदघाटन गर्दै उनले सुदुरपश्चिम प्रदेशमा सम्भाबना धेरै छ त्यसमा राज्यले लगानी बढाउनु पर्दछ । यो क्षेत्रमा कृषि क्षेत्रमा लगानी बढाउनु पर्नेमा उनको जोड छ । बिदेशीने युबा शक्ती रोक्न रोजगारीको पर्याप्त अबसर तयार गर्न सरकार र निजी क्षेत्र लाग्नु पर्ने उनको भनाई रहेको छ ।

पूर्वमन्त्री समेत रहेका नेता भट्टले कन्चनपुरको दोधारा चांदनीमा शुख्खा बन्दरगाहा स्थापनाको प्रकृया पनि अगाडी बढेको बताए । उनले छेला ,हरया र डुडेझारीमा बिषेश औधोगिक क्षेत्र सेजको स्थापना गर्ने पनि सरकारले तयारी गरिरहेको बताए ।