सुदूरपश्चिमका सात जिल्ला जाेड्ने भीमदत्त राजमार्ग ठाउँ-ठाउँमा भास्सियो

सुदूरपश्चिमका सात जिल्ला जाेड्ने भीमदत्त राजमार्ग ठाउँ-ठाउँमा भास्सियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला र खानीडाँडा क्षेत्रमा सोमबार राति पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

राजमार्ग माथिबाट पहिरो जानुका साथै सडक नै भास्सिएको छ। जसका कारण धेरै ठाउँमा सडक भत्किएको छ। पहिरोले राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरा, अछाम, डोटी, बाजुरा, बैतडी, बझाङ र दार्चुला आउने र पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाडौं जाने यातायातका सधान बाटोमै रोकिएका छन्।