सुदूरपश्चिम सरकारले तत्काल उद्दार र राहतका लागि २५ करोड दिने

सुदूरपश्चिम सरकारले तत्काल उद्दार र राहतका लागि २५ करोड दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सुदूरपश्चिम प्रदेश सरकारले बाढी र पहिरो प्रभावितलाई तत्काल उद्दार, राहत र परिचालनका लागि प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मंगलबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीका अनुसार सुदूरपश्चिमका सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ ।

जसबाट प्रत्येक जिल्लामा प्रहरी र सशस्त्र प्रहरीलाई ५/५ लाख रुपैयाँ र नौ वटै जिल्ला प्रशासनलाई १५/१५ लाख रुपैयाँ रकम दिइनेछ ।