पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन, १५ दिने कार्यादेश

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन, १५ दिने कार्यादेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङ जोडिएका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’की प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने रहेका छन् ।

पूर्वगृहमन्त्री गुरुङ मन्त्री पदमा बहाल रहँदा र त्यसपछि उनका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विभिन्न विवादित विषय र प्रश्नहरूको सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको छ । समितिलाई घटनाको गम्भीरतापूर्वक अध्ययन गरी सरकारसमक्ष राय सुझाव सहितको प्रतिवेदन पेश गर्न १५ दिनको समयसीमा तोकिएको छ ।