काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटाले गृहमन्त्री सुधन गुरुङसँग भेट्न भन्दै सिंहदरबार अगाडि धर्नामा बसेका महिला अधिकारकर्मीमाथि प्रहरीले लछारपछार गरेको घटनाप्रति आपत्ति जनाएकी छन् ।
आइतबार उक्त प्रकरणबारे समिति बैठकमा सांसदहरुले प्रश्न उठाएपछि बास्कोटाले नागरिकले भेट्न चाहँदा मन्त्री भेटेर आफ्ना कुरा राख्न पाउनुपर्ने उल्लेख गरिन् ।
गृहमन्त्रीसँग भेट्न पाउनुपर्न भन्दै घण्टी बजाएर सिंहदरबार दक्षिण गेट पुगेका ‘कुमारी आमा’का नामले परिचित निकारिका राजपुत र अधिकारकर्मी बिनु यादवलाई प्रहरीले शनिबार लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
बास्कोटाले राजपुत र यादवलाई गृहमन्त्रीसँग भेट्न वातावरण मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएकी छन् ।
‘कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्छ’, बास्कोटाले भनिन्, ‘ त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गर्छु ।’




प्रतिक्रिया