काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले मन्त्रालयकै कार्यकक्षमा सुते तस्बिर सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले मन्त्रालयको सोफामा सिरक ओढेर सुतिरहेको तस्वीर सार्वजनिक गरेका हुन् ।
मन्त्री गुरुङको सचिवालयका अनुसार २४ घण्टा नै काममा खटिएपछि उनी थोकर मन्त्रालयकै सोफामै निदाएका हुन् ।
मन्त्रालयको सोफामै सुत्ने आशय नभएपनि थाकेर आराम गर्दा उनी निदाएको सचिवालयले स्वष्ट पारेको छ । गृहमन्त्री गुरुङ गएराति विमानस्थलको अनुगमनमा गएका थिए ।
आफू सोफामै सुतेको तस्वीर गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा पनि साझा गरेका छन् । ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैनु’ तस्वीरको क्याप्सनमा उनले लेखेका छन् ।





प्रतिक्रिया