काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त महानिरीक्षक डा मनोज केसीलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा बुधबार डा. केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएका हुन् ।
“शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्राभवकारीरूपमा काम गर्नुहोस्”, गृहमन्त्री गुरुङले भने ।
‘फिल्ड’मा खटिने प्रहरी जवानको मनोबल उच्च राख्न निर्देशन दिँदै उनले भने, “प्रहरीलाई आवश्यक स्रोतसाधन दिन सरकार तयार छ । कुनै काममा गाह्रो अप्ठयारो छ भने सम्बोधन गर्न गृह मन्त्रालय तत्पर छ ।”


प्रतिक्रिया