मेरो निर्वाचन क्षेत्रमा बजेट परेन भन्ने गुनासो धेरै आएको छः सुधन गुरुङ

मेरो निर्वाचन क्षेत्रमा बजेट परेन भन्ने गुनासो धेरै आएको छः सुधन गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सुधन गुरुङले आगामी आर्थिक वर्षमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ मा विकास बजेट नपरेको बताएका छन् ।
रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको बन्द शत्रलाई आइतबार सम्बोधन गर्दै उनले बजेट नपरेको विषयमा आफूलाई धेरैले गुनासो गरेको बताए । यद्यपि उनले देशको बजेट थोरै भएकाले सबैतिर पु¥याउँदा कम भएको हुन सक्ने उल्लेख गरे । बजेट परेन भनेर गुनासो गर्नेहरुले आफ्नो थाल खाली भएको हेर्ने मात्र नभई, अरुको थालमा कति परेको छ भन्ने बुझ्नुपर्ने बताए । ‘यो पालि गोरखामा बजेट परेन भन्ने गुनासो धेरै आएको छ’, गुरुङले भने, ‘आफ्नो थालमा कति छ भनेर हेर्दा अरुको थालको घट्यो कि घटेन भनेर पनि हेर्नुपर्छ ।’
गुरुङले निर्वाचनका बेला गरेको प्रतिबद्धताको स्मरण आफूलाई रहेको भन्दै जिल्लाका समस्या समाधानमा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाए । गुरुङ गत २१ फागुनमा सम्पन्न निर्वाचनमा गोरखा–१ बट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । ‘मैले गरेको बाचा पहिला थियो, अहिले पनि छ भोलि पनि रहिरहनेछ’, उनले भने, गोरखाले मलाई जिताएको फोटो खिच्न होइन, काम गर्न हो भन्ने बुझेको छु ।’ निर्वाचन क्षेत्रका समस्या समाधानका लागि आफूले छिट्टै सचिवालय स्थापना गरेर काम थाल्ने प्रतिबद्धता उनको छ ।