ओली-लेखक समातिएपछि गृहमन्त्री गुरुङले भने-प्रतिसोध होइन न्यायको सुरुवात

ओली-लेखक समातिएपछि गृहमन्त्री गुरुङले भने-प्रतिसोध होइन न्यायको सुरुवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेन जी आन्दोलनमा डामिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नभएको बताएका छन्।

उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत ‘वाचा भनेको वाचै हो’ भन्दै यस्तो बताएका हुन्।

गृहमन्त्री गुरुङले ओली र लेखकलाई नियन्त्रणमा लिइनु कसैप्रतिको प्रतिशोध नभई केवल न्यायको सुरुवात भएको स्पष्ट पारेका छन्। उनले यस कदमबाट अब देशले नयाँ दिशा लिने विश्वास समेत व्यक्त गरे।

‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’

शनिबार बिहानै प्रहरीले ओलीलाई उनको गुण्डुस्थित निवास र लेखकलाई कटुन्जेबाट नियन्त्रणमा लिएको थियो। जेनजी आन्दोलन दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन्।