एक वर्ष अघि धरौटीमा रिहा भएका व्यवसायी सुधीर बस्नेत फेरि पक्राउ

एक वर्ष अघि धरौटीमा रिहा भएका व्यवसायी सुधीर बस्नेत फेरि पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– घरजग्गा व्यवसायी सुधीर बस्नेत सहकारी ठगी र संगठित मुद्दामा पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोली बस्नेतलाई भिमसेनगोलास्थित घरबाट बुधबार बेलुका पक्राउ गरेको हो।
उनी पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले पुष्टि गरे।

उनले १४ करोड ठगी गरेको प्रतिवेदन सरकारले गठन गरेको छानबिन समितिले बुझाएपछि उनी पक्राउ परेका हुन्।

बस्नेत विवादित व्यवसायी हुन्। पछिल्लो पटक ओरेण्टल सहकारी संस्था लगायत विभिन्न कम्पनीका नाममा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका बस्नेत गत जेठ २२ गते धरौटी बुझाएर रिहा भएका थिए। उनलाई धरौटीमा छाड्न भक्तपुर जिल्ला अदालतले आदेश दिएको थियो।