सुदूरपश्चिमकाे सानदार जित, काठमाण्डु ९४ रनमै अलआउट

सुदूरपश्चिमकाे सानदार जित, काठमाण्डु ९४ रनमै अलआउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको नवौं खेलमा सुदूरपश्चिम रोयल्सले सानदार जित हात पारेको छ ।

काठमाण्डुलाई ७३ रनले हराउँदै सुदूरपश्चिमले जित निकालेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १५.५ ओभरमा ९४ रन बनाउदै अल आउट भयो ।

स्टेफन एस्किनाजीले बनाएको ३७ रन नै काठमाण्डुका लागि सर्वाधिक रह्यो। सुमित महर्जनले १४,भीम सार्की र जेहार्ड इरासमसले समान १० रन बनाए। अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि नरेन साउदले ५ विकेट, अविनाश बोहोराले २ विकेट लिए। ब्रान्डोन र सैफ जैवले समान एक विकेट झारे।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो ।

सुदूरपश्चिमका लागि सर्वाधिक विनोद भण्डारीले ३५, ब्रान्डोन म्याकमुलेनले ५३, दीपेन्द्रसिंह ऐरी ४३ रन जोडे ।

काठमाण्डुका लागि रासिद खानले २ विकेट लिए। करण केसी, साहब आलम र जेहार्ड इरासमसले समान एक–एक विकेट लिए।